एजेन्सी / यूक्रेनमा जारी युद्धमा एक पूर्व बेलायती सैनिकको मृत्यु भएको छ। यूक्रेनको तर्फबाट युद्ध लड्न गएका जोर्डन गाट्लेको युद्धको क्रममा मृत्यु भएको उनको परिवारले जनाएको छ ।

जोर्डनले मार्चमा बेलायती सैनिक सेवा छोडेर यूक्रेनी सेनामा भर्ती भएका थिए । जोर्डनका पिताले उनको निधन पश्चात सामाजिक सञ्जालमा छोलाई ‘नायक’ सम्बोधन गरेका छन्।

OM Sai Pathibhara Hospital

उनी पूर्वी यूक्रेनको सेभेरोडनित्स्ककोमा भएको रुस र यूक्रेनबिचको लडाईमा मारिएका हुन्।

युक्रेनको विदेश मन्त्रालयले यूक्रेनमा मृत्यु भएका बेलायती व्यक्तिको परिवारलाई सहयोग गरिरहेको जनाएको छ ।

जोर्डनका पिताले उनको छोराले फेसबुकमा जोर्डनले यूक्रेनका स्थानीय सैनिकहरुलाई तालिम दिन सघाउने गरेको जनाएका छन्। उनले जोर्डनलाई अग्रपंक्तिमा रहेर शहरको सुरक्षा गर्ने क्रममा गोली लागेको र शुक्रबार खबर पाएको जनाएका छन्। उनी धेरै सोचविचार गरी यूक्रेनमा गएका थिए।

उनको निधनको खबर पछि यूक्रेनी राष्ट्रपति भोलोदिभिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले ट्वीट मार्फत उनलाई ‘सच्चा नायक’ को नाम दिएका छन्। 

उनले यूक्रेनको स्वतन्त्रताको लडाइमा होमिएका जोर्डनको योगदानलाई कहिले भुल्न नसकिने बताएका छन्।