एजेन्सी / चिनियाँ सामाजिक सञ्जाल विबो हालै त्यहाँ भएको एक व्यक्तिको विवादास्पद कथाले तातेको छ जहाँ एक पुरुषले सौतेलो छोरालाई हुर्काउन क्षतिपूर्ति मागेको थिए । श्रीमतीसँग सम्बन्ध विच्छेद गरेपछि उनले सौतेलो छोरालाई हुर्काउन लागेको खर्च वापतको क्षतिपूर्ति मागेका थिए।

श्रीमतीसँग सम्बन्धविच्छेद गरेको केही महिनापछि मात्रै ताङ उपनामका चोङकिङका एक मानिसले आफ्नो सौतेनी छोरा लिउलाई हुर्काउन लागेको खर्चको क्षतिपूर्तिको रूपमा ३५ हजार २ सय युआन माग गर्दै अदालतमा पुगेका हुन्। 

OM Sai Pathibhara Hospital

ट्याङले सन् २००९ मा लिउकी आमासँग विवाह गरेका थिए। त्यतिबेला लिउ  १० वर्षका थिए। सन् २०२१ मा महिलाले सम्बन्धविच्छेदका लागि निवेदन दिँदासम्म ट्याङले लिउलाई हुर्काएका थिए । 

अलग भएको तीन वर्षपछि ३० हजार युयान क्षतिपूर्ति माग गर्दै ट्याङले सौतेलो छोराविरुद्ध मुद्दा दायर गरेका थिए ।