एजेन्सी / पाकिस्तानको पञ्जाब प्रान्तमा अज्ञात समूहले चलाएको अन्धाधुन्ध गोली प्रहारबाट नौ जनाको मृत्यु भएको छ । अज्ञात समूहले बुधबार पञ्जाब प्रान्तका विभिन्न स्थानमा अन्धाधुन्ध गोली प्रहार गरेको प्रहरीले जनाएको छ । पञ्जाब प्रान्तको शिखुपुरा जिल्लामा गोली हानेर चार जनाको हत्या गरिएको प्रहरीले जनाएको छ । सो स्थानमा बुधबार अपराह्न सवारी साधनमै गोली हानेर चार जना यात्रुको हत्या गरिएको  हो ।

सडकमै गोली प्रहार गरेर चार जनाको हत्या गरेको सो अज्ञात व्यक्ति भाग्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी अभियानलाई जारी राखेको भए पनि बुधबार रातिसम्म पक्राउ गर्न सकेको छैन ।

OM Sai Pathibhara Hospital

त्यसैगरी पञ्जाब राज्यको भवलपुर जिल्लामा पनि भ्यानमा यात्रा गरिरहेका यात्रुमाथि गोली चलाइएको थियो । त्यसमा परेर पाँच जना मारिएका थिए । सो घटनामा संलग्नको प्रहरीले खोजी जारी राखेको बताएको छ ।