एजेन्सी / बङ्गलादेशमा कन्टेनर डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । 

दक्षिणपूर्वी बन्दरगाह सहर चटगाउँबाट ४० किलोमिटर टाढा सीताकुण्डस्थित एउटा कन्टेनर डिपोमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा आएको हो । 

OM Sai Pathibhara Hospital

डिपोमा भएको आगलागी विस्फोटमा ९ अग्निनियन्त्रकसहित ४१ जनाको मृत्यु भएको छ । डिपोले सुरक्षा मापदण्ड नअपनाएको अधिकारीहरूले जनाएका छन् । 

आगलागीको कारण भने हालसम्म पत्ता नलागेको अधिकारीहरूले बताएका छन् । तर, डिपो भित्र विस्फोटक पदार्थको आशंका गरेका छन् । गृहमन्त्री असदुज्जमान खानले घटनाको अनुसन्धान थालिएको र दोषीलाई कारबाही गरिने बताएका छन् ।