काठमाडौँ / काठमाडौँको माइतीघरमा ‘रेप निड जस्टिस’ समूहले बलात्कारविरुद्ध प्रदर्शन गरेको छ ।

उक्त समूहले “बलात्कारमा हदम्याद हटाऊ” भन्ने मूल नाराका साथ बलात्कारीले सजाय पाउनैपर्ने र पीडितले न्याय पाउनैपर्ने माग राख्दै विरोध प्रदर्शन गरेका हुन् । 

OM Sai Pathibhara Hospital

साथै, उनीहरूले ‘पेन्ट मि रेड’ अभियानअन्तर्गत यौन दुर्व्यवहारमा परेकाहरूले संयुक्त हस्ताक्षर गरी प्रतीकात्मक रूपमा शरीरमा रातो पोतेरसमेत विरोध जनाएका छन् ।