झापा / आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, देशभर जनचेतना मुलक कार्यक्रम गरी मनाइँदैछ । 

२१ जेठ २०६३ मा संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा हरेक जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ का रूपमा मनाउने गरिएको हो ।

OM Sai Pathibhara Hospital

नेपाल छुवाछुतमुक्त घोषणा भएको आज १६ वर्ष पूरा भएको छ । २०५८ साल साउन ३२ गते छुवाछुत अन्त्य गर्ने प्रतिबद्धता सहित राष्ट्रिय दलित आयोगको स्थापना भएको थियो । 

नेपालको संविधानमा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएको छ ।