काठमाडौं /  चिकित्सकहरूको अनुमति लिने परीक्षामा उत्तीर्ण हुने दर घट्दै गएको छ। 

नेपाल मेडिकल काउन्सिलले लिएको अनुमति लिने (नाम दर्ता) परीक्षामा यो पटक ३१.८४ प्रतिशत विद्यार्थी मात्र पास भएका छन् । यसअघिको परीक्षामा पास ४१ प्रतिशत थियो।

OM Sai Pathibhara Hospital

मेडिकल काउन्सिलले बिहीबारदेखि शनिबारसम्म लिएको एमबीबीएस र बीडीएस उत्तीर्ण गरी लाइसेन्स परीक्षामा सहभागीमध्ये ६८ प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन् । 

नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा। कृष्ण अधिकारीले दिएको जानकारीअनुसार परीक्षामा एक हजार ४९४ परीक्षार्थीमध्ये ४७५ जना मात्रै पास भएका छन् । एक हजार १९ जना अनुत्तीर्ण भएका छन् । गोरखापत्र दैनिकबाट