काठमाडौं /  अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेका छन्। कार्यभार सम्हालेसँगै कतिपयले आफूले  पाउने तलब सुविधा नलिने घोषणा गरेका छन् । 

कतिपयले  चाहिँ प्राप्त सुविधा जनसेवामा नै  लगाउने  भएका छन् । संविधानले  स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धित प्रदेश सभाले निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ। 

OM Sai Pathibhara Hospital

Screenshot_2022-05-27_063842_pMgHkRRqEd

सातवटै प्रदेशसभाले निर्माण गरेको  कानुनमा  जनप्रतिनिधिको प्रमुखको सेवा सुविधा ३० हजार देखि ४२ हजार  रुपियाँसम्म हुने  व्यवस्था छ  । 

जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेको मितिदेखि सेवा सुविधा लागू हुने गर्दछ । जनप्रतिनिधिले पाउने सुविधामा  मासिक  सुविधा, सञ्चार, दैनिक भ्रमण भत्ता, वैदेशिक भ्रमण भत्ता, इन्धन खर्च, यात्रा बीमा, स्थानीय तहमा निर्माण भएका विभिन्न समितिमा उपस्थिति बैठक भत्तालगायत छन् ।

स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्षले पूर्णकालीन भएर कार्यालयमै बसेर सेवा प्रवाह गर्छन् । गोरखापत्र दैनिकबाट