ओखलढुंगा / ओखलढुङ्गाको मानेभन्ज्याङ –५ स्थितधिमीले गाउँकी १७ वर्षीया किशोरीमाथि बलात्कारको प्रयासपछि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुंगाको मानेभन्ज्याङ –९ स्थित माधवपुरका २७ वर्षीय टंकराज राई रहेका छन् । 

OM Sai Pathibhara Hospital

राईले ती किशोरीमाथि शारीरिक सम्बन्धको प्रस्ताव राख्दा किशोरीले अस्वीकार गरेपछि किशोरी माथि निर्घात कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

युवतीलाई घाँटी थिचे, कुटपिट गरेको र टाउकोमा ढुङ्गाले हिर्काए पछि उनको ज्यान गएको ठानेर गहना थुतेर आफू घटनास्थलबाट भागेको राईले बताएका छन् ।

घाइते युवतीको भने काठमाडौँस्थित शिक्षण अस्पताल उपचार भइरहेको बताइएको छ ।