बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका –५ बुट्टाबारीकी ३३ वर्षीया माया लिम्बू बराइली मृत भेटिएकी छिन् । 

पाथीभरा दर्शन गरेर फर्किएकी लिम्बू ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मेस्थित कफी सप होटलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।  

OM Sai Pathibhara Hospital

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता कुशराम कार्कीका अनुसार श्रीमान् विजय बराइली र माया पाथीभरा दर्शन गरेर फर्किएका थिए । 

सोमबार दिउँसो विजय एटीएममा पैसा निकाल्न बैंक गएको र फर्किँदा मृत भेटेपछि प्रहरीलाई खबर गरेको कार्कीले बताए । 

मायाका माइतीपक्षले आफूहरू आएपछि मात्रै शव उठाउन भनेकाले मंगलबार बिहानसम्म पनि शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।