झापा / झापाको मेचीनगर-६ बाट प्रहरीले अवैध सुन सहित भारतबाट नेपाल तर्फ आँउदै गरेको १ जनालाई पक्राउ गरेको छ । 

बुधवार दिउँसो करिव एक बजे कैलाली घर भई दमकमा बसोबास गर्दै आएका ३३ वर्षीय धिरेन्द्र जैसीलाई प्रहरीले अवैध सुन सहित पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट भारतबाट नेपाल तर्फ आउँदै गरेका जैसीबाट  ३४९ दशमलव ७०० ग्राम (हालको बजार मूल्य अनुसार २८ लाख ८७ हजार १ सय ८२ दशमलब ६५) रुपैयाँ बराबरको सुन बरामद गरेको हो । 

सुन सहित पक्राउ परेका जैसीलाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।