बिर्तामोड / झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमा मेचीनगर नगरपालिका –९ स्थित पशुपति टोलका ७० वर्षीय पेना किसान रहेका छन् । 

OM Sai Pathibhara Hospital

सोमबार दिउँसो ३ः४५ बजे टिमाई खोलास्थित थोप्लेविरान सामुदायिक वनबाट निस्किएको हात्तीले बगरमा हिँडिरहेको अवस्थामा किसानमाथि आक्रमण गरेका थिए। 

हात्तीको आक्रमणबाट घाइते भएका किसानलाई उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

त्यस्तै हात्तीको आक्रमणबाट मेचीनगर –९ कै ३८ बर्षिया झुमा भन्ने  बसन्ती दनुवार घाइते भएकी छिन् । हात्तीको आक्रमणबाट दनुवारको पेट र शरीरको विभिन्न भागमा चोट लागेको छ । 

दनुवारको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।