धनकुटा /  धनकुटाको चौविसे गाउँपालिका –२ को वडा सदस्य पदमा विजयी बनेका ५२ वर्षीय अटल बहादुर सूर्जे मगरको निधन भएको छ।

मधुमेह र उच्च रक्तचापका विरामी मगरको मष्तिष्क घातका कारण शनिबार राति निधन भएको हो।

OM Sai Pathibhara Hospital

अघिल्लो निर्वाचनमा पनि वडा सदस्य पदमा निर्वाचित भएका उनले यस पटक पनि नेकपा एमालेबाट ७९२ मतसहित विजयी भएका थिए । तर, जीतको खबर भने सुन्नै नपाई उनको निधन भएको छ । 

शनिबार साँझ ६ बजेतिर मतागणना स्थलमै अचानक स्वास्थ्य समस्या आएपछि उनलाई उपचारका लागि धरान ल्याइएकाे थियो । 

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसीयु खाली नरहेको बताएपछि विराटनगरको नोवेल अस्पताल पुर्याउन साग उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।