झापा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।
उनले झापाको हल्दीबारी गाउँपालिकाको वडा नम्बर १ को कार्यालय रहेको बुथमा मतदान गरेका हुन् ।

मतदानपछि संक्षिप्त प्रक्रिया दिँदै लिङ्देनले यो निर्वाचनपछि राप्रपा मुलुकमा एउटा बलिया र राष्ट्रिय पार्टीको रुपमा विकास हुने बताए ।
उनले यो निर्वाचनबाट देशभर उत्साहजनक मतपरिणाम प्राप्त गर्ने दाबी गरे ।