काठमाडौं  / स्थानीय निर्वाचन आउन अब ६ दिन मात्र बाँकी छ । दलहरूले सार्वजनिक गरेका प्रतिबद्धतापत्रमा मतदातालाई लोभ्याउने बुँदा धेरै छन् ।

विकासका कुरादेखि नागरिकको दैनिकीसँग जोडिएका विषयलाई कुनै दलले पनि छुट्ट्याएका छैनन् । 

OM Sai Pathibhara Hospital

तर, चुनावमा जिताएर गाउँका सिंहदरबारमा एकपटक जनप्रतिनिधि पुयाइसकेका मतदाताले अहिले घोषणा पत्रलाई विश्वास गर्न छाडेका छन् । 

घोषणापत्रमा एउटा र जितेपछि काम अर्कै भएपछि दैलेख भैरवी गाउँपालिकाका मतदाताले यसपटक भने उम्मेदवारलाई तमसुक नै गराए ।

विजयी बनेपछि बाचा पूरा नगरे राजीनामा गर्छु भन्नेमा औँठाछाप नै लगाएका छन् । अन्नपूर्ण पोस्टबाट