दाङ / चुनावको प्रचारमा हिँडेका युवकको गुडिरहेको जिपको छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान कालिमाटी गाउँपालिका -२ दानीचौरका १८ वर्षीय खुमराज थापा रहेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार भुपेन्द्र घर्तीमगर सहितको टोलीले उक्त जिप चुनावी प्रचार प्रसारमा प्रयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

चुनाव प्रचारप्रसारमा प्रयोग गरिएको लु १ ज ४५९९ नम्बरको जिपको छतबाट आज शनिबार बिहान ११ बजे खसेर गम्भीर घाइते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारकै क्रममा मृत्यु भएको हो ।

जिपको छतबाट खस्दा थापाको टाउकोमा गम्भीर चोट लागेको र घाइते थापालाई त्यही गाडीमा राखेर उपचारका लागी दाङको तुलसीपुर ल्याइएको थियो । गाडी तुलसीपुर प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको प्रहरीले जनाएको छ ।