एजेन्सी / जी सेभेनका सात मुलुकका नेताहरूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्ने भएका छन् । 

अर्थतन्त्रमा मजबुत मानिएका ती देशका नेताहरूले युक्रेनलाई गर्न सकिने सहयोगका बारेमा जेलेन्स्कीसँग छलफल गर्ने भएका हुन् ।

OM Sai Pathibhara Hospital

जर्मन सरकारका एक जना प्रवक्ताले आगामी आइतबार उनीहरूबीच छलफल हुने जानकारी दिएका छन ।

यस वर्ष मात्रै अहिले तेस्रो पटक हुन लागेको बैठकको जी ७ को अध्यक्ष समेत रहेको जर्मनीले नै संयोजन गरेको छ । 

दोस्रो विश्व युद्ध अन्त्य भएको ऐतिहासिक दिनका रूपमा लिइने मे ८ कै दिन यस पटकको बैठक हुन लागेको जनाइएको छ । 

बैठकमा विश्वव्यापी समसामयिक विविध विषयमा सामान्य छलफल गरी मुख्य छलफल युक्रेन सङ्कटमा केन्द्रित हुने अधिकारीहरूले जनाएका छन् । 

जी ७ का नेताहरू युक्रेनलाई सहयोग गर्ने र रूसलाई आक्रमण अन्त्यका लागि दबाब दिने पक्षमा रहँदै आएका छन् । 

जी ७ अन्तर्गत रहेका क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका लगायतले यस अघि नै युक्रेनको पक्षमा आफ्नो मत जाहेर गरेका थिए ।