बिर्तामोड / कानुन संकाय अन्तर्गत पढाई हुने एलएलबी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । 

नेशनल ल क्याम्पसमा अध्ययनरत रितेश पन्थी र काठमाडौं स्कुल अफ ल मा अध्ययनरत ऋतिक यादवले रिट दायर गरेका हुन् । 

OM Sai Pathibhara Hospital

गुणस्तरहीन भएको भन्दै दायर गरेको रिटबारे प्रारम्भिक सुनवाई गर्न सर्वोच्चले शुक्रवारलाई पेशी तोकेको छ । निवेदकहरूले त्रिभुवन विश्वविद्यालय सहित ७ ओटा निकायलाई विपक्षी बनाएका छन् ।  

सो कार्यक्रममा विद्यार्थीहरू ७० प्रतिशत हाजिर हुनुपर्ने भनेपनि सो लागू नभएका कारण र सेमेस्टर सिस्टम लागू नहुँदा गुणस्तरीयता कायम नभएको भन्दै सर्वोच्चमा रिट दायर गरिएको छ । 

बिए पास गरेपछि लाइसेन्स लिनका लागी मात्र अध्ययन गर्ने परिपाटी बढेको हुनाले सो कार्यक्रमको गुणस्तरीयता नभएको निवेदकहरूले जिकिर गरेका छन् ।

 यो समाचार नयाँ पत्रिकामा रहेको छ ।