काठमाडौं / सामाजिक सञ्जाल प्रति मानिसको लगाव र रुचि बढिरहेको समयमा सबैको सर्वप्रिय सामाजिक  सञ्जाल युट्युबले पैसा कमाउने सरल र सहज बाटो सहित नयाँ फिचर ल्याएको छ । 

गत वर्ष युट्युबको नयाँ फिचरको रुपमा सार्वजनिक भएको फिचरको पूर्ण भर्सन ल्याएपछि क्रिएटरहरुले आफ्ना प्रशंसाहरूबाट सिधै पैसा कमाउन सक्ने भएका हुन् ।

OM Sai Pathibhara Hospital

केही सीमित प्रयोगकर्ताहरूले मात्र प्रयोग गरिरहेको ‘सुपर थ्याङ्क’ फिचरको फूल भर्सन अन्ततः कम्पनीले ६८ ओटा देशहरूको लागि सार्वजनिक गरेको छ ।

सुपर थ्याङ्क फिचर मार्फत प्रशंसक अर्थात फ्यानहरूले आफूलाई मनपर्ने युट्युब क्रियटरलाई सिधै दुई डलर देखि ५० डलर सम्मको रकम पठाउन सक्ने व्यवस्था गरिएको छ । त्यसतै , डोनेसन गरेको प्रयोगकर्ताको नाम कमेन्टमा सबैभन्दा माथि देखिन्छ ।

सीमित युट्युब च्यानलले मात्रै सुपर थ्याङ्कको बेटा भर्सनमार्फत यसको फाइदा लिएका थिए भने अब यसबाट लाखौं युट्युब च्यानल लाभान्वित हुने भएका छन् ।

‘सुपर थ्याङ्क’ फिचर प्रयोगको लागि च्यानल अनिवार्य मनिटाइज भएको हुनुपर्ने छ । नेपालको हकमा हालका लागि यो फिचर उपलब्ध छैन् ।