एजेन्सी / भारतको मुम्बईबाट पश्चिम बङ्गालको दुर्गापुरतर्फ जाँदै गरेको स्पाइसजेट बोइङ बी ७३७ विमान आँधीमा फस्दा ठुलो दुर्घटना हुनबाट जोगिएको छ । ठूलो आँधीबीच पाइलटले विमानलाई सुरक्षित अवतरण गराएका थिए । घटनापछि विमानमा सवार करिब ४० यात्रु घाइते भएका उनीहरूलाई उपचारका लागी तत्कालै अस्पताल पुर्‍याइएको थियो । 

आइतबार दिउँसो विमान दुर्गापुरस्थित काजी नजरुल इस्लाम एयरपोर्टमा ल्यान्ड गर्न लागेको बेला आएको जहाज तुफानमा फसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि जहाज जोडसँग हल्लिएर र क्याबिनमा राखेका समानहरू झर्न थालेका थिए ।  

OM Sai Pathibhara Hospital

पाइलटले सिट बेल्टको साइन अन गरेका थिए । यो सँगै फुड ट्रलीसँग ठोक्किएर दुई यात्रु गम्भीर घाइते भएका हिन्दुस्तान टाइम्सले जनाएको छ ।