काठमाडौं / नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध पार्टीबाट बागी उठेका नेता कार्यकर्तालाई अन्तिम मौका दिएको छ। 

यसअघि उम्मेदवारको नामावली फिर्ता लिने अन्तिम दिन वैशाख १६ सम्म बागी फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको माओवादीले अर्को मौका दिएको हो।

OM Sai Pathibhara Hospital

कांग्रेसले उम्मेदवारी फिर्ता लिने अन्तिम दिन वैशाख १६ गते उम्मेदवारी फिर्ता नलिने पार्टीका बागी उम्मेदवारलाई स्वतस् निष्कासनको निर्णय गरेर कारवाही गरेका बेला सत्ता गठबन्धनको अर्को दल माओवादीले भने वैशाख १९ गते सोमबारसम्मको समय दिएको हो।

माओवादी बागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले आइतबार वक्तव्य जारी गरेर सोमबार साँझ ५ बजेभित्र बागी (स्वतन्त्र) उम्मेदवार नभएको र आफ्नो मत पार्टीको आधिकारिक उम्मेदवारमै रहेको स्वघोषणा गर्न निर्देशन गरेका छन्। पार्टी र गठबन्धनको संस्थागत निर्णयमा प्रतिबद्ध रहेको स्वघोषणा गर्न पनि भनिएको छ।

‘उपरोक्त प्रक्रियामा सहभागी नहुने कमरेडहरुका सन्दर्भमा पार्टी विधान र बागमती प्रदेशले जारी गरेको निर्वाचन निर्देशिका २०७९ अनुसार कारवाही प्रक्रिया अगाडि बढाइनेछ,’ वक्तव्यमा चेतावनी दिइएको छ। अन्नपूर्ण पोस्टबाट