एजेन्सी / रुस र युक्रेनको जारी युद्धका क्रममा रुसी सेनाको मिसाइल आक्रमणबाट युक्रेनको दक्षिण पूर्वी शहर ओडेसाको विमानस्थलको धावनमार्ग  (रनवे) पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

युक्रेनको मारियुपोल शहरको स्टिल कारखानामा फसेका हजारौं सर्वसाधारण मध्ये २० जना त्यस क्षेत्रबाट फुत्केका छन ।

OM Sai Pathibhara Hospital

मारियुपोलको औद्योगिक क्षेत्रमा केही महिनादेखि फसेका उनीहरु युक्रेनी सेनाको सहयोगमा त्यहाँबाट भागेका हुन् । रुसको घेरामा रहेको सो क्षेत्रमा आवतजावत समेत ठप्प पार्ने निर्देशन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिएका थिए । अझै पनि १ हजार सर्वसाधारण सो क्षेत्रमा फसेको र उनीहरूको उद्धार कार्य भने जारी रहेको युक्रेनले जनाएको छ ।