एजेन्सी / भारतमा मनोज पाण्डेले शनिबार भारतीय सेनाको नयाँ प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् । पाण्डेले २९ औं प्रधान सेनापतिका रूपमा शनिबारबाट कार्यकाल सुरू गरेका हुन् ।

यस्तै नेपालका लागि पूर्वभारतीय राजदूत विनयमोहन क्वात्राले  पनि आइतबारदेखि भारतको विदेश सचिवको जिम्मेवारी सम्हालेका छन् । हर्षवर्द्धन श्रींगलाले अवकाश भएपछि क्वात्रा विदेश सचिव र मनोजमुकुन्द नरवणेले अप्रिल ३० मा अवकास पाएपछि पाण्डे नयाँ प्रधान सेनापति बनेका हुन् ।