काठमाडौं / सप्तरीको खडक नगरपालिका-६ का छेदीलाल पासवानलाई व्यापार गर्न धौधौ परेपछि मिटरब्याजी खोज्दै धरान पुगेका थिए । बैंकिङ प्रक्रिया झन्झटिलो हुने भएपछि पासवान खडक-७ का रामदेव साहु तेलीकहाँ ऋणका लागि पुगेका हुन् । 

पछिल्लोपटक भने पासवानले तेलीबाट धोका पाएका छन् । उनले ब्याजसहित १६ लाख ऋण चुक्ता गरे तर जग्गा फिर्ता पाएनन् । पासवानले सप्तरी प्रहरी प्रशासन, अदालतलाई गुहार्न थालेको एक वर्षभन्दा बढी समय बितिसक्यो तर अझै तेली फेला परेका छैनन् ।

OM Sai Pathibhara Hospital

राजविराजबाट डेरा सर्दासर्दा तेली पछिल्लो समय धरानमा आएको खबर सुनेका पीडित छेदीलाल सहित सातजना शुक्रबार दोस्रोपटक धरान आएका छन् । नागरिक दैनिकबाट