काठमाडौँ / अमेरिकी होटल चेन र्‍याडिसन  ग्रुपले एसिया प्रशान्त क्षेत्रका एक सय ५० मुलुकमा तीन वर्ष भित्र तीन हजार २०० वटा होटल सञ्चालनमा ल्याउने भएको छ । 

विश्वको प्रसिद्ध होटल समूह र्‍याडिसनले आफ्नो पाँच वर्षे व्यवसायिक योजनाअनुसार सन् २०२५ सम्ममा ३२ सयवटा होटल सञ्चालनमा ल्याउने भएको हो । 

OM Sai Pathibhara Hospital

आफूहरूको व्यवसायिक योजनाका लागि एसियाले महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै र्‍याडिसन समूहका प्रमुख कार्यकारी अधिकृत फेड्रिको गोन्जालेजले भने, –‘निकट भविष्यमा आफ्नो व्यवसाय विस्तारसँगै यी मुलुकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटल संख्या थप गर्न लागेका हौं ।’

गत वर्ष यो समूहले सम्झौता गरेको कुल दुई सय होटल मध्ये १ सय ३७ होटल एसिया प्रशान्त क्षेत्रमा नै छन्। कम्पनीले चीन र भारतमा क्रमशः एक हजार र दुई सय होटलमा लगानी गर्ने योजना बनाएको छ। 

तर चीनमा जारी बन्दाबन्दीले कम्पनीको पोर्टफोलियो विस्तार योजना प्रभावित हुन सक्ने जनाइएको छ।