एजेन्सी / रुसले हालै अहिले सम्मकै शक्तिशाली क्षमताको आणविक मिसाइल सफलताका साथ परीक्षण गरेको दाबी गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यसलाई विश्वकै शक्तिशाली मिसाइलका रुपमा चर्चा गरिएको छ । बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘सरमात’ नामक यो मिसाइल सफलतापूर्वक परीक्षण गरिएको जानकारी दिए ।

OM Sai Pathibhara Hospital

अत्याधुनिक हतियार सहितको मिसाइलसँगै यसले रुसी सेनाको लडाईं क्षमतालाई बलियो बनाउने र बाह्य खतराको सामना गर्न रुस तयार हुने पुटिनको दाबी छ ।

रोयर्टसका अनुसार लामो समयदेखि प्रतिक्षा गरिएको यो मिसाइल उत्तरपश्चिम रूसको प्लेसेत्स्कबाट परीक्षण गरिएको थियो करिब ६००० किलोमिटर ९३७०० माइल टाढा काम्चात्का प्रायद्वीपमा प्रहार गरिएको थियो ।

२०० टन बराबरको वजन र धेरै हतियारहरू सहित उड्ने यो मिसाइल पृथ्वीका कुनै पनि भागमा पुग्नसक्ने दाबी पुटिनले गरेका छन् ।