काठमाडौं  / वैदेशिक रोजगारीमा कतार गएका र विभिन्न कारणले जेल सजाय भोगिरहेका २१ जना नेपालीलाई कतार सरकारले माफी दिएको छ ।

माफी पाउनेहरू मध्ये यौनजन्य क्रियाकलापमा ३ जना , चोरीजन्य क्रियाकलापमा ११, मादक पदार्थ बिक्री वितरणमा २ जना र आर्थिक हिनामिनामा ५ जना कसुर ठहरी सजाय भोगिरहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

OM Sai Pathibhara Hospital

कतारका अमिर शेख तमिमबिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमाजानको अवसरमा त्यहाँका कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन बिताइरहेका  नेपालीलाई माफी दिएको हो ।

माफी पाएका व्यक्तिहरूलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।