एजेन्सी / अफगानिस्तानको राजधानी काबुलमा दुई वटा बम विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । मंगलबार भएको घटनामा २० जना घाइते भएका छन् । 

शिया समुदाय बाहुल्य क्षेत्रमा रहेको अब्दुल शहिम शहीद हाई स्कुलमा भएको विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकहरूलाई लक्षित गर्दै आक्रमण गरिएको बताइएको छ । विद्यालय बाहिर पनि विस्फोटक पदार्थ भेटिएको प्रहरीले जनाएको छ । बिहानी कक्षा सकिएपछि विद्यार्थीहरू बाहिर निस्किरहेका बेला विस्फोट भएको बताइएको छ ।  

OM Sai Pathibhara Hospital

यस्तै, त्यहीँ नजिकै रहेको एक ट्युसन सेन्टरमा पनि ग्रिनेड आक्रमण भएको छ । विश्वविद्यालय तहको प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थी पढ्दै गरेको सेन्टरमा ग्रिनेड प्रहार भएको हो ।

आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन । यसअघि उक्त क्षेत्रमा इस्लामिक स्टेटका लडाकुहरूले आक्रमण गर्दै आएका थिए ।