एजेन्सी / चीनले सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेसँगै अष्ट्रेलिया, न्युजिल्याण्ड र अमेरिका प्रशान्त क्षेत्रको सुरक्षाका विषयमा चिन्तित देखिएका छन् । प्यासिफिक देशमा नौसेना आधार निर्माण गर्न खोज्ने त्रासलाई बढाउँदै चीनले यही साता सम्झौतामा हस्ताक्षर गरेको थियो । 

सम्झौता रोक्न अस्ट्रेलियाले गरेको अन्तिम प्रयासलाई सोलोमोन द्वीपले अस्वीकार गरेको थियो । अस्ट्रेलिया सोलोमोन द्वीपको सबैभन्दा ठूलो सहायता दाता हो । प्रधानमन्त्री मनसेह सोगाभारेले सम्झौताले यस क्षेत्रमा ‘शान्ति र सद्भावलाई कमजोर’ नबनाउने बताएका छन् ।

OM Sai Pathibhara Hospital

सम्झौता परम्परागत सहयोगीहरूका लागि नभई आफ्नै आन्तरिक सुरक्षाका लागि भएको उनले बताएका छन् ।