एजेन्सी / अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार सिनेटर र तल्लो सदनका एक सदस्यसहितको टोली नेपाल भ्रमणमा आउने भएको छ । डेमोक््रयाटिक पार्टीका सांसदहरूको उक्त टोली शुक्रबार आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको हो । 

सिनेटर मार्क केलीसँगै अन्य सिनेटरहरू क्रिस्टन गिलिब्रान्ड, कोरी बुकर, एड मार्की र तल्लो सदनका मोन्डैयर नेपाल भ्रमणमा आउन लागेका अमेरिकी समाचार साइट ‘द हिल’ को समाचारमा पनि उल्लेख गरेको छ । 
उक्त टोलीले पोल्यान्ड, युएई, भारत र जर्मनीको पनि भ्रमणमा गर्ने पनि जनाइएको छ । यो ९ दिनको भ्रमण हुने समाचारमा उल्लेख छ ।
नेपालमा द्विपक्षीय कूटनीतिक सम्बन्ध र दुई मुलुकका संसद्बीचको सम्बन्धका बारेमा पनि छलफल गर्ने, राष्ट्रपति तथा प्रधानमन्त्री लगायत उच्चस्तरीय नेतासँग भेटघाट गर्ने कार्यक्रम छ ।