एजेन्सी / एक मुस्लिम युवकले हिन्दुहरुलाई AK-47 ले मार्ने धम्की सहित हिन्दुहरुको आमा, बहिनीलाई बलात्कार गर्ने सम्मिलित लाइभ अडियो लिक भएको छ । 

गत ६ अप्रिलमा छिमेकी मुलुक भारतको राजस्थानको बिकानेर बस्ने मुस्लिम युवक नदिम र उनको केटी साथी सबनमबीच भएको लाइभ अडियो कुराकानीमा नदिमले हिन्दुहरुलाई छानीछानी AK-47 ले मार्ने तथा हिन्दुहरुको आमा बहिनीलाई बलात्कार गर्ने भनिएको अडियो भाइरल बनेको हाे । 

OM Sai Pathibhara Hospital

समाजिक सन्जाल इन्स्टाग्राममा अडियो सार्वजनिक भएपछि नदिमलाई राजस्थान प्रहरीले पक्राउ गरेको छ । उनले हिन्दुहरुलाई खोजेर मार्ने तथा उनको आमा बहिनीलाई बलात्कार गर्नुपर्छ भन्ने भडकाउ अभिव्यक्ति दिएपछि पक्राउ परेका हुन् । 

उनलाई गत ८ अप्रिलमा राजस्थानको बिकानेरबाट प्रहरीले पक्राउ गरी मुद्दा समेत चलाएको छ । 

नदिम र उनका केटी साथी सबनमबीचको यो आपत्तिजनक अडियो ६ अप्रिल बुधबार भाईरल बनेको थियो ।

यस अडियोमा मात्र हिन्दु नभएर हिन्दुहरुको देवी देवताहरुको विरोधमा समेत आपत्तिजनक कुराकानी भएको सुनिन्छ । नदिमलाई ९ अप्रिलकै अदालतमा पेश गरिएको हो ।