एजेन्सी / भारत–नेपालको सीमावर्ती क्षेत्रका मजदुरहरूले अचानक अकूत सम्पत्ति कमाएको भन्दै भारत सरकारले अनुसन्धान सुरु गरेको छ । 

भारतको सिद्धार्थनगर जिल्लाको सीमा क्षेत्रमा बस्ने २२ जनामाथि आयकर विभागको सहायतामा भारतीय प्रहरीले अनुसन्धान थालेको हो ।  

OM Sai Pathibhara Hospital

केही वर्ष अघिसम्म सामान्य मजदुर गर्ने व्यक्तिले एकाएक करोडौँ रुपैयाँ आज आर्जन गर्न थालेपछि अनुसन्धान सुरु गरेको भारतीय प्रहरी अधीक्षक डा. यशवीर सिंहले जानकारी दिए । 

सिंहका अनुसार अनुसन्धानमा परेकाहरू केही वर्ष अघि सामान्य मजदुर रहेको र अहिले उनीहरु आलिसान बङ्गलाका मालिक भएका छन् । सीमावर्ती क्षेत्रदेखि ठूला सहरमा उनीहरूका ठूलाठूला घर भएको बताइएको छ ।   

नवधनाढ्य भएकाहरूको सूचीमा कपिलवस्तु, शोहरतगढ़, ढेबरूआ, कठेलाइटवा थाना क्षेत्रका बासिन्दा छन् ।

उनीहरूसँगै नेपालतर्फका सीमा क्षेत्रका व्यक्तिमाथि पनि भारतीय प्रहरीले निगरानी थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।