बिर्तामोड / घरको एउटा कोठाबाट श्रीमतीसँग १०,००० भारु ऋण लिएर सुरु गरिएको इन्फोसिस आज भारतकै दोस्रो ठूलो आईटी कम्पनी बनेको छ । करिब चार दशकभन्दा अगाडि नारायण मूर्ति सहितका ६ जनाले मिलेर स्थापना गरेको इन्फोसिस अहिले १ लाख करोड भारु वार्षिक आम्दानी गर्दै दोस्रो ठूलो कम्पनी हुन सफल भएको हो ।  

करिब ३ लाख कर्मचारी रहेको इन्फोसिसमा ८ लाख करोड भारु बजार पूँजीकरण रहेको छ भने ३ लाखभन्दा बढीले काम गर्ने गरेका छन् । त्यस्तै , इन्फोसिसमा भारतका ९५ प्रतिशत सहरमा भएको जनसंख्या भन्दा बढी २० लाख जब एप्लिकेशन हरेक वर्ष आँउने गरेका छन् । इन्फोसिसलाई नारायण मूर्ति तथा उनका साथीहरू नन्दन निलेकणि, एसडी शिबुलाल, क्रिस गोपालकृष्णन, अशोक अरोडा, एनएस राघवन र दिनेशले शुरु गरेका थिए । 

OM Sai Pathibhara Hospital

तत्कालीन समयमा पाटनी कम्प्युटर सिस्टमका कर्मचारी रहेका उनीहरूले जागिरबाटै राजीनामा दिएर इन्फोसिस शुरु गरेका थिए । सन् १९८१ मा कम्पनी शुरु गर्ने निर्णय गरेका मूर्तिसँग पर्याप्त पुँजी नभएपछि श्रीमतीको बचतमा भएको १० हजार भारु ऋण लिएर भारतको पुणेमा कम्पनी सुरुवात गरिएको थियो । सन् १९९३ मा इन्फोसीसले निष्कासन गरेको १० हजार रुपैयाँको आइपिओ आजका दिनमा १८ करोड रुपैयाँ पुगेको छ ।