काठमाडौं / जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह बुधबार आफ्नो गाडीमा जाँदै थिए। रामचोक पुग्दा उनको गाडी एक्कासी मध्यम गतिमा चल्यो। 

सडकको फुटपाथमा बसेका केही सर्वसाधारणलाई उनले गाडीबाटै हात जोडरे नमस्कार गर्दै मन्द मुस्कानसमेत दिए। मेयर साहबाट बिहान–बिहानै नमस्कार पाउँदा ती स्थानीय पनि चकित भए र उनलाई नमस्कार फर्काए। त्यसपछि साहको गाडी तीव्र गतिमा अगाडि बढ्यो।

OM Sai Pathibhara Hospital

मेयर साह नमस्कार गरेर फर्किसकेपछि स्थानीयमा चियोचर्चो हुन थाल्यो। सबैले एकै स्वरमा भने, ‘नेताजीले नमस्कार गर्न थाल्नुभो। अब नेताहरूलाई चुनाव लागे जस्तो छ।’ साहको पछिल्लो साढे ४ वर्षको कार्यकाल उपलब्धीभन्दा विवादमै बढी बित्यो।

हालसम्मको कार्यकालमा जनताको सम्पर्कमा आकल–झुक्कल मात्रै आउने र आफ्ना कार्यकर्ता वा चिनजानबाहेकका व्यक्तिहरूको फोनसमेत उठाउन नरुचाउने मेयर साह यसपालिको स्थानीय निर्वाचनमा फेरि उम्मेदवार बन्ने दाउमा छन्। ‘

जनतासँग बिग्रेको सम्बन्धलाई उनी निर्वाचन नजिकिँदै जाँदा सुधार गर्न खोजिरहेका छन्। त्यसैले अलि बढी नमस्कार गर्न थालेका छन्,’ स्थानीय विजय साहले भने, ‘अब नेताजीहरूले बढी नै हालखबर सोध्नेछन्। चुनावसम्म मात्रै हो, यस्तो नमस्कारहरू।’ अन्नपूर्ण पोस्टबाट