एजेन्सी / फिलिपिन्समा आँधीपछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । 

शक्तिशाली मेगी आँधीपछि आएको बाढीपहिरोमा अझै केही हराइरहेका बताइएको छ । बाढीपहिरोबाट लेयते मध्यप्रान्त सबैभन्दा बढी प्रभावित छ । 

OM Sai Pathibhara Hospital

माटो र पानीको बहावले घरहरू जलमग्न छन् ।अबुयोग नगरपालिकाको तटीय गाउँ पिलारमा १३ जनाको मृत्यु भएको र अझै १५० जना बेपत्ता भएका बताइएको छ । 

पहिरोले सडक बगाएपछि २५० जनालाई डुंगाबाट उद्धार गरिएको छ । बाढी प्रभावित बेबे शहरमा कम्तीमा ४८ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । त्यस्तै २७ जना अझै बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

ठूलो संख्यामा मानिसहरू बेपत्ता भएकाले मेगीबाट मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।