काठमाडौं / चैत मसान्तसम्ममा ७० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले करिब २७ प्रतिशतको हाराहारीमा मात्र खर्च सकेको छ । 

आर्थिक वर्षको पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका हरेक महिनामा २०/२० प्रतिशतका दरले खर्च गर्ने लक्ष्य राखे पनि मंगलबारसम्ममा सरकारले २६.८१ प्रतिशत अर्थात् १ खर्ब १ अर्ब रुपैयाँमात्र पुँजीगत खर्च गरेको हो। 

OM Sai Pathibhara Hospital

यो खर्च गत आर्थिक वर्षको सोही अवधिमा सरकारले गरेको खर्चभन्दा न्यून हो । गत वर्षको चैत मसान्तसम्ममा सरकारले ३० प्रतिशत अर्थात् १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको खर्च गरेको थियो।

चालू आवमा अर्धवार्षिक समीक्षामार्फत सरकारले पुँजीगत खर्चको लक्ष्य घटाएको छ । खर्चको गति बढ्न नसकेपछि सरकारले झण्डै १० प्रतिशतले लक्ष्य घटाएको हो । उता, गत वर्षको तुलनामा चालू खर्चमा भने व्यापक वृद्धि भएको छ। 

गत आर्थिक वर्षको नवौँ महिनासम्ममा ५ खर्ब २६ अर्ब अर्थात् लक्ष्यको ५५.५ प्रतिशत खर्च गरेको सरकारले यस आवको सोही अवधिमा ३ खर्ब १५ अर्ब अर्थात् लक्ष्यको ५७.८ प्रतिशत खर्च गरेको छ। कारोबार दैनिकबाट