एजेन्सी / पूर्वी युक्रेनको महत्त्वपूर्ण बन्दरगाह शहर मारिउपोलमा युक्रेनी सेनाको ३६ औं मरिन ब्रिगेडका १ हजार २६ सैनिकले आत्मसपर्मण गरेका छन् । ती सैनिक मध्ये १६२ जना अधिकृत छन् भने ४७ जना महिला सैनिक रहेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । 

मारिउपोल शहरको लगभग सबै भाग रुसको नियन्त्रणमा आइसकेको छ । कुख्यात आजोभ बटालियनका सैनिकहरू विभिन्न कारखानाको जमिनमुनि लुकेर बसेका छन् । तिनीहरूलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ ।