एजेन्सी / युक्रेनी सेनाले रुसका समर्थक राजनीतिज्ञलाई पक्राउ गरेको छ । विपक्षी नेता भिक्टर देशद्रोहको आशङ्कामा केही दिनदेखि घरमै नजरबन्दमा थिए तर रुस युक्रेनमा प्रवेश गरेपछि उनी भागेका थिए ।
मेदवेदचुक युक्रेनका सबैभन्दा धनी व्यक्ति हुन् र उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजिक मानिन्छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफूले बन्दी बनाएका युक्रेनीहरूलाई रिहा गरे रुसले मेदवेदचुकलाई रिहा गर्ने बताए ।
सरकारले मेदवेदचुकलाई युक्रेनी सैन्य वर्दीमा हतकडी लगाएको फोटो पनि जारी गरेको छ । जेलेन्गसेकीले युद्धको ४८ औं दिन मा आफ्नो भाषणमा भिक्टर मेदवेदचुकलाई कब्जामा लिएको जानकारी दिए ।
यदि मेदवेदचुकले वर्दी लगाउन छनौट गरे भने उनलाई युद्धको नियम अन्तर्गत कारबाही हुनेछ जेलेन्स्कीले भने। उनलेले यदि रूसले युक्रेनी कैदीहरूलाई रिहा गरेमा मेदवेदचुकलाई रिहा गर्न सक्ने पनि बताए ।