एजेन्सी / युक्रेनका सर्वसाधारण नागरिक, पत्रकार, कार्यकर्ताहरूलाई रुसले आफ्नो भू-भागमा  राखेको युक्रेनले दाबी गरेको छ । पछिल्लो समयमा रुसले पूर्वी युक्रेनलाई निशाना बनाए सँगै मानिसहरूलाई आफ्नो भू–भागमा नियन्त्रणमा लिएको युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेसचुकले बताएकी छन् । 

रुसले पूर्वी युक्रेनको दोनबास लगायतका क्षेत्रमा आक्रमण गरेपछि त्यहाँबाट ठूलो सङ्ख्यामा सर्वसाधारण पलायन भएका थिए । 
रुस युक्रेन हमलामा युक्रेनका सर्वसाधारण नागरिकलाई निशाना बनाएको युक्रेनले दाबी गर्दै आएको छ । तर रुसले भने दाबीमा कुनै सत्यता नभएको बताउँदै आएको छ ।

OM Sai Pathibhara Hospital