एजेन्सी / चीनले रुसको सहयोगी मुलुक सर्बियालाई हवाई प्रतिरक्षा मिसाइल दिएको छ । पश्चिमा मुलुकले रुसका सहयोगी मुलुकलाई हतियार दिने कार्यले उक्त क्षेत्रको सुरक्षा चुनौती बढाउन सक्ने भन्दै चेतावनी दिइरहेको समयमा चीनले सर्बियालाई हतियार प्रदान गरेको हो ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार शनिबार बिहान चीनको एयरफोर्सको वाई-२० ढुवानी विमान सर्बियाको बेलग्रेड विमानस्थलमा अवतरण गरिएको हो । उक्त विमानले एचक्यु-२२ प्रतिरक्षा मिसाइल बोकेको समाचारमा उल्लेख छ । यस विषयमा सर्बियाको रक्षा मन्त्रालयले भने केही प्रतिक्रिया दिएको छैन ।

OM Sai Pathibhara Hospital

अमेरिकी सैन्य गठबन्धन नेटोका दुई मुलुक टर्की र बुल्गेरियालाई पार गर्दै सर्बियामा सैन्य उपकरण आपूर्ति गर्नुलाई चीनको बढ्दो विश्वव्यापी प्रभावको रुपमा हेरिएको छ । सर्बियासँग चीनले सन् २०१९ मा मध्यमदूरीका मिसाइल प्रणाली बिक्रीको सम्झौता गरेको थियो ।