जेन्सी  / फिलिपिन्समा बाढी र पहिरोमा परि कम्तिमा २५ जनाको मृत्यु भएको छ । मेगी नामक हुरीबतासले भारी वर्षा भएपछि बाढी र पहिरो आएको बीबीसीले जनाएको छ । 

देशको पूर्वी र दक्षिणी तटहरुमा फसेका मानिसहरूलाई बाहिर निकाल्न उद्धारकर्मीहरूले संघर्ष गरिरहेका छन् ।

OM Sai Pathibhara Hospital

आइतबार ६५ किलोमिटर प्रतिघण्टाको दर हुरीबतास चलेको जसका कारण बाढी र पहिरो आएको थियो । पूर्वी तटिय क्षेत्रका १३ हजार भन्दा बढी मानिस उच्च स्थानमा रहेका आश्रयस्थलमा भागेका थिए । 

वर्षा तथा हावाहुरीले विद्युत आपूर्ति अवरुद्ध हुनुका साथै बाढीका कारण ग्रामीण क्षेत्रमा माटो थुप्रिएको बताइएको छ । सबै भन्दा बढी  लेयट प्रान्तमा २२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।