एजेन्सी  / भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)मा वामपन्थी छात्र संगठन अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आईसा)हिन्दुवादी छात्र संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) बीच झडप भएको छ । 

एबीभीपीका छात्रहरूले रामनवमीको दिन विश्वविद्यालयको छात्रवासमा मांसाहार गर्न रोक्न खोज्दा झडप भएको समाचार संस्था द हिन्दूले जनाएको छ । झडपमा आफ्नो संगठनका केही कार्यकर्ता घाइते भएको आईसाको दाबी छ ।

OM Sai Pathibhara Hospital

एबीभीपी सम्बद्ध विद्यार्थीहरूले होस्टलमा रामनवमी पूजा गरिरहेको समयमा मांसाहारका लागि मासु ल्याएपछि त्यसलाई रोक्न खोज्दा झडप भएको दी इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । 

अहिले दुवै पक्षका विद्यार्थीहरू शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेको र आइतबार बेलुकाको झडपको विषयमा कानुनी अनुसन्धान अघि बढाइसकिएको डीसीपी मनोज सीलाई उद्धृत गर्दै दी इन्डियन एक्सप्रेसले बताएको छ ।

एबीभीपी पक्षधर विद्यार्थीहरूले आफ्नो पक्षका विद्यार्थी पनि घाइते भएको जनाउँदै केही समय अघिदेखि आईसा पक्षधर विद्यार्थीहरूले झडप गराउने योजना बनाइरहेको आरोप लगाए ।

झडपमा परी गम्भीर चोट लागेका कारण सोसियोलोजीमा स्नातकोत्तर गरिरहेकी अख्तरिस्त अन्सारीलाई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआईआईएमएस) को ट्रमा सेन्टरमा भर्ना गरिएको छ । झडप आइतबार राति साढे ७ बजेबाट सुरु भएको जनाइएको छ ।