एजेन्सी / अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भर्चुअल कुराकानी हुने भएको छ । रूसले युक्रेन युद्धका विषयमा फरक-फरक पोजिसनमा रहेका अमेरिका र भारतबीच सोमबार कुराकानी हुने भएको हो । 

अमेरिकाले रूसी आक्रमणको भत्सर्ना गर्दै उसमाथि आर्थिक नाकाबन्दी लगाएको छ भने भारत तटस्थ बस्दै आएको छ । पछिल्लो समय भारतले रूससँग सस्तोमा पेट्रोलियम पदार्थ किन्न लागेको विषय पनि चर्चामा आएको छ ।

OM Sai Pathibhara Hospital

बाइडेन-मोदी भर्चुअल संवाद अघि भारतका विदेश मन्त्री एस जयशंकर र रक्षा मन्त्री राजनाथ सिंह आइतबार वासिङ्टन पुगेका छन् । बाइडेन-मोदीको भर्चुअल संवाद सकिएपछि अमेरिका भारत टु प्लस टु अर्थात् दुबै देशका विदेश र रक्षा मन्त्रीको बैठक हुनेछ ।