एजेन्सी / भारतको गुरुग्राममा गुडिरहेको ट्रकबाट सडकमा गाईहरूलाई फाल्ने ५ तस्करहरूलाई प्रहरीले पक्राउ परेका छ । पक्राउ पर्नेहरुमा बल्लू, तस्लीम, पापा, शहीद र खालिद रहेका छन् । गाईमाथि दुर्व्यवहार गर्नेहरूलाई प्रहरीले २२ किलोमिटरसम्म लखेटेको थियो । उनीहरु प्रहरीको चेकिङबाट जोगिनका लागि सडकमा गाई फ्याँक्दै हिँडेका थिए । 

प्रहरीबाट भाग्ने क्रममा दुईजना तस्कर फ्लाईओभरबाट हाम्फालेका कारण हातखुट्टा भाँचिएको छ । 

OM Sai Pathibhara Hospital

गुरुग्रामका डीसीपी राजीव देसवालका अनुसार, सेक्टर २९ बाट सातवटा गाई चोरी भएको जानकारी प्रहरीले पाए पछि प्रहरीले नाकाबन्दी गरेको थियो । पक्राउ परेकाहरुबाट एउटा बन्दुक समेत बरामद भएको छ ।