काठमाडौँ बिहार राज्यमा रहको रोहतास जिल्लाको अमियावर गाउँको ६० फिट लामो फलामको पुल चोरी भएको छ ।

आरा नहरमाथि सन् १९७२ मा बनेको उक्त पुल शुक्रबार चारी भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ । प्रहरीका अनुसार चोरहरूले पिकअप भ्यान, ग्यास कटर, जेसिबी र सवारी साधन लिएर आई पुल काट्न पुल पूरै  तीन दिन लगाएका थिए । पुल काटिसके पछि उनीहरु फरार रहेको प्रहरीको भनाई छ ।

OM Sai Pathibhara Hospital

भारतीय सञ्चार माध्यम एएनआईका अनुसार चोरहरू  सिँचाइ विभागको अधिकृत भन्दै पुल मर्मत गर्न भनेर गएका रहेछन् । सोही क्रममा उनीहरूले उपकरणको सहायताले पूर्ण रूपमा पुल उखलेको राज्य सिँचाइ विभागका जुनियर इन्जिनियर अरशद कमल शम्शीले बताए ।