एजेन्सी / कोलम्बियामा बाढीमा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ ।
बाढीमा परेर कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र अरु केही हराइरहेका बताइएको छ ।
त्यहाँ केही दिनदेखि अविरल वर्षा जारी छ । वर्षाका कारण बाढी आएको र शुक्रबारसम्ममा १३ जनाको ज्यान गएको यहाँको प्रकोप नियन्त्रण विभागले जनाएको छ ।
यहाँ अकस्मात् भारी वर्षा सुरु भएको थियो । यहाँका विभिन्न स्थानमा वर्षा जारी रहेको छ । वर्षाका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ ।
वर्षा अहिले नै रोकिने अवस्था नदेखिएको भन्दै यहाँको मौसम विभागले नागरिकहरूलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ ।
बाढीका कारण यहाँका कतिपय सडकहरूमा पहिरो गएकाले यातायात पनि अवरुद्ध भएको पाइएको छ ।