एजेन्सी / आफ्ना नागरिक र कुटनितिज्ञमाथि प्रतिबन्ध लगाएपछि आक्रोसित बनेको रुसले अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

अष्ट्रेलियाको प्रतिबन्धको जवाफमा रुसले पनि मौरिसनसहित २२८ अष्ट्रेलियाली नागरिकमाथि प्रतिबन्ध लगाएको हो ।

OM Sai Pathibhara Hospital

यसअघि अष्ट्रेलियाले युक्रेनमा रुसले गरेको आक्रमणको विरोधमा ६७ रुसी नागरिकमाथि प्रतिबन्धको निर्णय गरेको थियो।

रुसको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा अष्ट्रेलियाली सरकारले चालेको शत्रुवत् कदमको विरोधमा यस्तो कदम चालिएको हो।

साथै रुसले आफूविरुद्धको जनभावना बढाउने गतिविधि नगर्न पनि चेतावनी पनि दिएका थिए।

रुसले फेब्रुअरी २४ युक्रेनमाथि आक्रमण सुरु गरेसँगै अष्ट्रेलियाले चरणबद्धरुपमा रुसमाथि प्रतिबन्धको निर्णय गरिरहेको छ।

त्यस्तै उसले युक्रेनलाई पनि सैन्य तथा हतियार सहयोग गर्दै आएको छ।