एजेन्सी / रुसले युक्रेनमा उल्लेख्य संख्यामा आफ्ना सैनिकहरू मारिएको स्वीकार गरेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बेलायती च्यानल स्काईसँग कुरा गर्दै सैनिक हताहती आफूहरूका लागि ठूलो त्रासदी भएको बताए ।

OM Sai Pathibhara Hospital

मस्कोले आफ्नो लक्ष्य केही दिनमा हासिल गर्ने आशा पनि उनले व्यक्त गरे ।

बुधवार रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट निष्काशन गरिएपछि पेस्कोभको टिप्पणी आएको हो ।

रुसले यसरी उल्लेख्य रूपमा आफ्ना सैीनक मारिएको स्वीकार गर्नु आश्चर्यको कुरा हो । गत २५ मार्चमा रुसको रक्षा मन्त्रालयले आफ्ना १३ सय ५१ जना सैनिक युद्धमा मारिएको जनाएको थियो । युक्रेनले लगभग १९ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ ।

रुस र युक्रेन दुवैको क्षतिलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिँदैन । रुसले आफ्ना मारिएका सैनिकको संख्या घटाएर अनि युक्रेनले बढाएर प्रस्तुत गरेको हुन सक्ने अनुमान विश्लेषकहरूले गरेका छन् । पश्चिमी नेताहरूले ७ हजारदेखि १५ हजार रुसी सैनिकहरू मारिएको हुनसक्ने विश्वास लिएका छन् ।