एजेन्सी / कोस्टारिकामा आपत्कालीन अवतरणका क्रममा कार्गो विमान दुर्घटनामा परेको छ ।

बिहीबार बिहान साढे १० बजे विमान सान्ता मारिया विमानस्थलबाट उडेको २५ मिनेटमै केही समस्याहरू देखिएपछि आपतकालीन अवतरण गर्दा दुर्घटनामा परेको हो ।

OM Sai Pathibhara Hospital

विमान आपतकालिन अवतरणका लागि जमिनतिर झार्दै गर्दा विमान बीचबाटै फुटेर दुई टुक्रा भएको अन्तर्राष्ट्रिय खबरहरूले जनाएका छन् ।

जर्मनी कम्पनी डीएचएलको पहेँलो रङको विमान जमिनमा छुने बित्तिकै धुँवा निस्किन सुरू भएको थियो । सोहि क्रममा हवाई जहाज दुई टुक्रामा विभाजन हुन पुर्‍यो ।

विमानमा दुई जना चालक मात्र थिए, उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनापछि साँझ ६ बजेसम्म विमानस्थल बन्द गरिएको थियो ।