एजेन्सी / अमेरिकाले  युक्रेनी सैनिकलाई उन्नत एन्टी – ट्याङ्क स्विचब्लेड ड्रोन चलाउन सिकाएको छ । अमेरिकाको रक्षा अधिकारीले यसबारे जानकारी दिएका हुन् ।

यो तालिम युक्रेनका ती सैनिकलाई दिइएको छ जो पहिलादेखि नै अमेरिकामा थिए । एक ब्याकप्याक (सानो ब्याग) मा निकै सजिलै अट्ने यो ड्रोनमा अपरेटरबाट थुप्रै किलोमिटर टाढा हुँदा पनि लक्ष्यमाथि घुम्ने क्षमता छ ।

OM Sai Pathibhara Hospital

आफ्नो लक्ष्यमा बिस्फोटकसहित यो ड्रोन जसरी खस्छ, त्यो देख्दा यसलाई कमकाजी पनि भनिन्छ ।  अमेरिकी अधिकारीले दिएको जानकारी अनुसार जुन सैनिकलाई तालिम दिइएको छ उनीहरुले प्रोफेसनल मिलिट्री एजुकेशन प्रोग्राममा पनि भाग लिएका छन् । यतिमात्रै होइन, युक्रेन जानु अघि यी सैनिकलाई सम्भवतः अन्य हतियार चलाउने तालिम पनि दिइने सम्भावना छ ।

युक्रेनी सेनका लागि स्विचब्लेड ड्रोन एकदम नयाँ हो । ह्वाइट हाउसले १६ मार्चमा युक्रेनलाई सय वटा स्विचब्लेड ड्रोन पठाउने बताएको छ । अमेरिकी हतियार युक्रेन पुग्न ४ देखि ६ दिनको समय लाग्छ । अमेरिकी अधिकारीले आक्रमणपछि रुसले युक्रेनमा कुल १४५० वटा मिसाइल दागेको जानकारी दिएको छ ।